काठमाडौं – कोरोना भाइरसको सम्बन्ध ठण्डी या गर्मी मौसमसँग सम्बन्धित नभएको भनी वैज्ञानिकहरुको अनुसन्धानले देखाएपछि चीसो मौसममा संक्रमित संख्या बढ्न थालेको छ । विश्वका अधिकांश भूभागमा चीसो बढेसँगै कोरोना भाइरसको संक्रमितको संख्या बढ्न थालेको हो । मृतक दर समेत बढ्न थालेसँगै महामारी भयावह बन्ने खतरा बढेको छ ।
दैनिक ६ लाखभन्दा बढी संक्रमित थपिन थालेका छन् । मृतकको संख्या पनि दैनिक ८ हजारभन्दा बढीका दरले वृद्धि हुनथालेको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १३ लाख पुगेको छ । यो हिजोको तुलनामा ६ लाखले बढी हो । मृतकको संख्या १४ लाख ३७ हजार नाघेको छ । यो संख्या एकै दिन ११ हजारले वृद्धि भएको हो ।
पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ६ करोड १३ लाख पुगेको छ । मृतकको संख्या १४ लाख ३७ हजार ८ सय ३५ पुगेको छ । विश्वभर कुल सक्रिय कोरोना संक्रमितको संख्या एक करोड ७४ लाख पुगेको छ । जसमध्ये ४ करोड २३ लाख संक्रमणमुक्त भएका छन् ।
सबैभन्दा बढी अमेरिकामा एक करोड ३२ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ६९ हजारको मृत्यु भइसकेको छ ।
भारतमा ९३ लाख संक्रमितमध्ये एक लाख ३५ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६२ लाख संक्रमितमध्ये एक लाख ७१ हजारको मृत्यु भएको छ ।
यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २१ लाख ८३ हजार संक्रमित संख्यामध्ये ५० हजारको मृत्यु भइसकेको छ ।
रुसमा २१ लाख संक्रमितमध्ये ३८ हजारको मृत्यु भएको छ । स्पेनमा १६ लाख संक्रमितमध्ये ४४ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १५ लाख कोरोना संक्रमितमध्ये ५७ हजारको मृत्यु भएको छ । इटालीमा १५ लाख संक्रमितमध्ये ५२ हजारको मृत्यु भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३