काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआइ) को गएको शनिबार सम्पन्न निर्वाचनमा एसोसियटतर्फको उपाध्यक्ष पदमा सौरभ ज्योति पराजित भए पछि, छोराको पराजयपछि नेपालको प्रतिष्ठित औद्योगिक घराना ज्योति समूह तथा एफएनसिसीआई पूर्व अध्यक्षसमेत रहेका सौरभका बुवा पद्म ज्योतिले आफ्नो छोराका लागि मन छुने सन्देश दिएका छन् ।
सन्देशमा भनिएको कुरा एकदम मनन् योग्य छ।
यस्तो छ सन्देश :
‘एफएनसिसीआइका चुनावहरू सधैं रोमाञ्चक र थकाउने हुन्छन् । मेरो छोराले अन्तिम मिनेटमा आफ्नो चुनाव हार्यो। स्वभाविक रूपमा यसले परिवारलाई क्षणिक शोकको कारण बनायो। तर, यी कुराहरुले मलाई अचम्मित र गहिरो रूपमा छोयो कि उसका नजिकका टोलीको रूपमा सँगै काम गरेका तिनका साथीहरूको भावनाहरू हेर्नु थियो। तिनीहरू टुक्रिएका थिए र आँसुमा थिए। तब मैले महसुस गरे कि यो चुनाव कत्तिको सफल भयो।
चुनावको भोलिपल्ट मेरो नातिनीको जन्मदिन। उनले आफ्नो बुवा पहिलेको जस्तो आनन्दित र मजाक गर्ने भएको देख्दा खुशी लागेको बताइन् । त्यसैले चुनावको मत गणनामा हारेको भएपनि मेरा नातिनातिनीहरूले आफ्ना बुवालाई फिर्ता पाएका छन् ।
हाम्रो परिवारले एक छोरा, एक पति, एक भाइ, मायालु साथ फिर्ता पाएर जितेको छ। मेरो छोराले आफ्ना सच्चा साथीहरूसँगको अझ बलियो बन्धन जितेको छ । हाम्रो ज्योति समूहले एक शक्तिशाली सदस्यलाई नयाँ समयका लागि हाम्रो उदाउँदो व्यापार पुनर्निर्माण गर्न जितेको छ । एफएनसिसीआइले देशको आर्थिक सुधारको लागि काम गर्न युवाहरुको नेतृत्व टीम पाएको छ । त्यसोभए कसले चुनाव हारेको भन्छ ?’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७