जनकपुरधाम – सप्तरीमा माहुरीको टोकाइबाट एकजना गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको रुपनी गाउँपालिका- १ रुपनी बजार निवासी राजेश यादवकी २४ वर्षीया पत्नी रमिलाको मृत्यु भएको हो ।
घरदेखि झण्डै ५ सय मिटर पश्चिम शम्भुनाथ नगरपालिका १ खोक्सरस्थित आफ्नो खेतबाट र्फकँदै गरेकी महिलालाई मंगलबार दिउँसो माहुरीले टोकेको उनको परिवारको भनाइ छ ।
उनको मुख, घाँटी र छातीमा एकै पटक सयौं माहुरीले टोकेका थिए । माहुरीको टोकाइबाट सिकिस्त भएकी उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिए पनि उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।
मृतक महिला ६ महिनाकी गर्भवती थिइन् । उनको ५ वर्षका एउटा छोरासमेत छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३