नेपालको आन्तरिक उडानको इतिहासमा एकैदिन बुद्ध एयरले करिब पाँच हजार यात्रुलाई सेवा दिएको छ। चाडपर्वको मुखमा काठमाडौंबाट देशका विभिन्न ठाउँमा जाने यात्रुहरुको चाप बढीरहेको बेला बुद्धले एकैदिन ४ हजार ९ सय ३८ यात्रुलाई सेवा दिएको छ।
११ वटा जहाजबाट ५१ उडान गर्दै ति यात्रुलाई सेवा दिएको एयरलाइन्सले जानकारी दिएको छ।
आन्तरिक उडानमा सबैभन्दा यात्रु बोक्ने बुद्धले बिचक्राफ्ट जहाजबाट शनिबार ८ उडान गरेको थियो। त्यस्तै एटिआर ४२ बाट १४ उडान गरेको थियो भने एटिआर ७२ बाट २९ उडान गरेको थियो।
बुद्ध एयरले आफ्नो उड्डयन सेवाको इतिहासमा एकैदिन धेरै यात्रु बोकेको पहिलोपटक भएको बताएको छ।
६ वटा एटिआर ७२–५००, ३ वटा एटिआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० ‘डी’ जहाज रहेको एयरलाइन्सले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगन्ज, भरतपुर र पोखरामा उडान गरिरहेको एयरलाइन्सले काठमाडौंबाट भारतको वनारसमा नियमित उडान सुरु गरेको छ। बुद्धले पोखराबाट भैरहवा र भरतपुर उडान सुरु गरिसकेको छ भने नेपालगन्ज पनि उडान गर्ने घोषणा गरिसकेको छ।
सन् २०२१ सम्म पोखरा विमानस्थल बनेपछि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा गरिसकेको एयरलायन्सले भारत र चीनकाट सहरमा उडान गर्ने लक्ष लिइको छ। अन्तर्राष्ट्रिय उडानमा जाँदा कम्पनीलाई पब्लीकमा लिने एयरलाइन्सको योजना रहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७