काठमाडौं – मानव बेचविखनमा संलग्न फरार प्रतिवादी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचविखनमा संलग्न फरार रहेका प्रतिवादी काठमाडौं कुमारीगाल बस्ने सिन्धुपाल्चोक घर भएकी ५० वर्षीया अनिता तामाङ भन्ने अनिता सुनुवार आइतबार पक्राउ परेकी हुन् ।
उनीमाथि २०७३ चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी ५ जनालाई गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुवई, कतार, मोजाम्बिक हुँदै साउथ अफ्रिकासम्म पु¥याई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४र५ महिनासम्म बन्धक बनाएको घटनामा संलग्न रहेको आरोप लागेको छ ।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं कुमारीगालबाट पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न ताप्लेजुङ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई सोही व्यूरोबाट खटिएको प्रहरीले मङ्सिर १६ गते पक्राउ गरेको जानकारी पनि दिएको छ ।
उनीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको उक्त व्यूरोले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३