काठमाडौं – भारतमा गएको एक वर्ष भित्र आलुको मूल्यमा ११५ प्रतिशत भन्दा बढी वृद्धि भयो । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा समेत पर्दै आएको छ । त्यसैले अहिले भारतमा आलुको मूल्यमा थप बढोत्तरी हुँदा नेपालका हर भान्सामा त्यसको असर पर्ने देखिन्छ ।
भारतिय थोक मूल्यमा महँगाइको स्थाई हेर्दा नोभेम्बरमा मात्रै १.५५ प्रतिशतले वृद्धि भएको देखिएको छ । सम्पूर्ण सब्जीमा देखिएको यो वृद्धिले नेपाली सब्जी बजारसमेत प्रत्यक्ष असर पर्ने हुन्छ ।
त्यसमा पनि आलुको मूल्यमा मात्रै अत्याधिक वृद्धि भएको भन्ने तथ्यांकले देखाएपछि अब आम नेपालीका प्रत्येक छाक पहिले भन्दा निकै महँगो हुने देखिएको हो । नेपालमा नेपाली आलुभन्दा भारतिय आलु सस्तो मूल्यमा विक्रि वितरण हुँदै आएको छ । तर, अब भारतिय आलु नै महँगो हुने भएपछि नेपाली आलु पनि त्यसको तुलनामा अझ महँगो हुने विश्वास गरिएको छ ।
हुनत, नेपालको आलु अहिले नै बजारमा आउने बेला भइसकेको छैन । तर, जे जति मात्रामा नयाँ आलु बजारमा देखिन थालेको छ त्यसले नै पनि यो हिउँदमा आलु छोइनसक्नु हुने संकेत गरिरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३