काठमाडौँ – नेपाल हस्तकला महासंघले वृहत हस्तकला प्रर्दशनी सम्पन्न गरेको छ । ४८ औं वार्षिकोत्सव तथा नवौं हस्तकला दिवसको अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि हस्तकला प्रदर्शनीको आयोजना गरिएको हो ।
मंसिर २८ गते आइतबार देखि सुरु भएको हस्तकला प्रदर्शनी आज सम्पन्न भएको हो । प्रदर्शनी महासंघको सचिवालय बबरमहलमा सम्पन्न भएको हो । महासंघले यस वर्षलाई हस्तकला वर्षको रुपमा मनाउने पनि घोषणा गरेको महासंघका उपाध्यक्ष राजमान बज्राचार्यले बताए ।
कोभिड १९ ले थला पारेको धेरै क्षेत्र मध्य यस हस्तकला क्षेत्रमा कोभिडकै बीच गरिएको प्रदर्शनीमा उत्साह जनक सहभागिता रहेको महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३