काठमाडौं – दशैं र तिहारको समयमा सस्तिएको ब्रोइलर कुखुराको मासु जाडो मौसममा मूल्य वृद्धि भएको छ । कोरोना महामारीले गर्दा अधिकांश होटल तथा व्यवसाय बन्द भएसँगै कुखुराको मासुको खपत कम भएको र उत्पादन धेरै भएकाले सस्तिएको कुखुराको मासुको मूल्य जाडो मौसमसँगै बढेको छ ।
अहिले कोरोना संक्रमण पूर्णरुपमा नियन्त्रणमा नआए पनि अधिकांश व्यवसायहरु सञ्चालन भइरहेका छन् ।
असोज-कात्तिकमा कुखुराको मासुको मूल्य प्रति केजी २०० देखि २४० रुपैयाँसम्म थियो । तर, मंसिर महिना यता विस्तारै चिसो बढेकाले हरेक वर्ष झैं यो वर्ष उत्पादन कम भई कुखुराको मासुको मूल्य महंगो भएको व्यवसायी बताउछँन् । हाल बजारमा कुखुराको मासुको मूल्य प्रति केजी ३७० देखि ४०० रुपैयाँसम्म बिक्री भइरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३