काठमाडौं – अहिलेसम्मकै ठुलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ भोलीबाट बिक्रि खुला हुँदैछ । हालसम्मकै सर्वाधिक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ताको आईपीओ माघ २ गतेबाट बिक्रि गर्ने भएको हो ।
कुल ८ करोडको कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको बैकले जनाएको छ । ४० लाख कित्ता सामुहिक लगानी कोषका लागि र १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्टाइएको छ ।
लगानी गर्न इच्छुक आवेदकहरुले माघ २ गतेबाट माघ ६ गतेसम्म र ढिलोमा १६ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । कम्पनीले पुस १० गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ बिक्रि गर्न अनुमति पाएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३