ललितपुर – ललितपुर चेम्बर अफ कमर्सको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट पुष्परत्न शाक्यको नेतृत्वमा २१ सदस्यीय कार्यसमिती निर्वाचित भएको छ ।
कार्यक्रममा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल प्रमुख आतिथि र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ बिशेष आतिथिका रुपमा रहेका थिए।
निर्वाचित शाक्यको नेतृत्व आगामी तीन बर्षका लागि रहने छ। सर्वसहमती निर्वाचित पदाधिकारीहरुमा वरिस्ठ उपाध्यक्षमा निरु थापा, प्रथम उपाध्यक्ष राजेन्द्र मान कायस्थ दित्तिय उपाध्यक्षमा अनिलविर बज्राचार्य, महासचिवमा सुविन बज्राचार्य, कोषाध्यक्षमा नरेन्द्र शाक्य, सचिवमा हरीप्रसाद अधिकारी र सह कोषाध्यक्षमा प्रेमलाल महर्जन निर्वाचित भएका छन् । सदस्यतर्फ निर्वाचित हुनेमा विरेन्द्र शाक्य, ऋृषिकेश तिमिल्सिना, रामचन्द्र खत्री, तेजेन्द्रगोपाल श्रेष्ठ, श्याम तण्दुकार सुनिता बज्राचार्य, सुमित्रा खडका, नविना कार्की, प्रबिण बहादुर शाक्य, सविना सिंह महर्जन, हेम किशोर राई, हरेराम जोशी र अभिसेक बज्राचार्य छन् ।
सविता सिंह महर्जनको नेतृत्वमा महिला चेम्बर अफ कर्मस पनि गठन गरिएको छ । महिला चेम्बरमा शान्ता शाक्य उपाध्यक्ष,रविता श्रेष्ठ उपाध्यक्ष, सरिता महर्जन सचिव र सरिता अवाले कोषध्यक्ष छिन् । सहस्यहरुमा अन्जना धाख्वा,सबुता महर्जन, मनिला श्रेष्ठ,रेश्मा शाक्य,सुभद्रा श्रेष्ठअमूल्य शाक्य,रिशा श्रेष्ठ,सरस्वती बज्राचार्य,र संगिता नापित छन् ।
साथै आज नै युवा चेम्बर अफ कर्मसको पनि गठन गरिएको छ । युवा चेम्बरको अध्यक्ष प्रविणबहादुर शाक्य छन्। अन्य पदाधिकारीमा इश्वर बज्राचार्य, दिपक राज श्रेष्ठ,सुरेन्द्रप्रसाद अमात्य,रुविन शाक्य,विश्वरत्न शाक्य र राकेश कुमार चौधरी सदस्य छन् । कार्यसमितीको जिम्मेवारी पछि तोकिने गरी अध्यक्ष बाहेक सबैको पद सदस्य रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३