काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३३६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ७९९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ५ हजार ३० जनाको पिसिआर परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३१ हजार ७५६ पुगेको छ ।
बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ। हाल १७२ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा २२६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल १८४जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १५० जना आइसियु र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा २ जना आइसियु रहेका छन् । प्रदेश १ मा कोही पनि संक्रमित भेन्टिलेटरमा छैनन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा ५० आइसियु र २२ भेन्टिलेटरमा, गण्डकीमा ६९ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २७ आइसियु र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा एक जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सूदुरपश्चिम प्रदेशमा एकजना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३