काठमाडौं – जोन्टा अन्तर्राष्ट्रिय कार्यक्रममा जोन्टा क्लब काठमाडौँद्वारा मनोनित गरिएकी बिराटनगरकी रुपसी पराजुलीले १०,००० अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय छात्रवृत्ति (Zonta International Jane M. Klausman Women in Business Scholarship) प्राप्त गरेकी छिन् । काठमाडौँमा बस्दै आएकी पराजुली, काठमाडौं युनिभर्सिटी स्कूल अफ मेनेजमेन्टमा स्नातक तेस्रो वर्षकी विद्यार्थी हुन् । उनी इन्टरनेसनल युथ एलायन्स फर पीस नेपालको कन्ट्री निर्देशकको रूपमा कार्यरत छिन् । यसबाहेक, उनी काठमाडौंको मानव नामक एक संस्थाको संस्थापक सदस्य तथा लेखिका हुन्।
जोन्टा क्लब काठमाडौँकी अध्यक्ष सिमा गोल्छाका अनुसार, २५ जिल्लाहरुबाट छानिएर बिजेता भएकी रुपसी पराजुलीले अन्तर्राष्ट्रिय छात्रवृत्ति १० हजार अमेरिकी डलर जितेकि हुन । पराजुलीको लागि आवेदन जोन्टा क्लब काठमाडौं, नेपालले प्राप्त गरेको थियो । त्यसपछि क्लबले उनलाई जिल्लामा मनोनयन गरेको थियो र उनी बिजेता भएकी हुन ।
अब जोन्टा क्लबले उनलाइ अन्तर्राष्ट्रिय जेएमके छात्रवृत्तिका लागि मनोनयन गरेको छ । साथै गोल्छाले रुपसी पराजूलीलाइ बिजयी हुन सफल भएकोमा बधाई दिएको छ । साथै पराजूली धेरै महिलाहरुका लागि एक उत्कृष्ट रोल मोडेल हुनेछन् जसले व्यवसाय अध्ययन गर्न चाहानेका लागि अग्रणी स्थानमा अन्य महिलाहरुलाई सशक्त बनाउन सहयोग गर्ने जोण्टाले विश्वास लिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७