काठमाडौँ – अष्ट्रेलियाको क्विन्सल्याण्डमा विदा मनाउने क्रममा परिवार र साथीहरुसँग पौडी खेल्न गएका एक नेपाली युवकको पानीमा डुबेर मृत्यु भएको छ ।
मंगलबार गार्डनर्स झरनामा पौडी खेल्ने क्रममा ४० वर्षिय नेपाली युवकको मृत्यु भएको सनसाइनकोष्ट डेलीले उल्लेख गरेको छ ।
दिउसो करिब ४:४५ बजेतिर पानीमा पौडी खेल्न पसेका युवक बेपत्ता भएका थिए । रातको ८ बजे मात्र प्रहरीले उनको शरिर बाहिर निकालेको थियो । १८ महिना अगाडी उनी डिपेन्डेण्ट भिषामा अष्ट्रेलिया पुगेका थिए ।
पछिल्लो समय अष्ट्रेलियामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएकाको संख्या बढिरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३