काठमान्डौँ – जोन्टा क्लब काठमाडौंले ललितपुर महानगर प्रहरी प्रभागलाई डेस्कटप र ल्यापटप वितरण गरेको छ ।
जोन्टा क्लब काठमाडौँले यस वर्ष महिला हिंसाका घटनालाई विवरण गर्न १०० हेल्पलाइनसँग सम्झौता गरेसँगै महिला हिंसाविरुद्धमा कार्यरत कन्ट्रोल रूमलाई सहयोग पुर्याउने उदेश्यका साथ क्लबले ४ वटा डेस्कटप र २ वटा ल्यापटप प्रदान गरेको छ ।
सिमित सदस्यहरूको उपस्थितिमा काठमाडौं जोन्टा क्लबकी अध्यक्ष सीमा गोल्छाद्वारा ललितपुर महानगर प्रहरी प्रभागकी एसएसपी किरण बज्राचार्यलाई ल्यापटपहरू हस्तान्तरण गरिएको थियो ।
एसएसपी बज्राचार्यले हेल्पलाइन १०० लाई कुशलतापूर्वक कल व्यवस्थापन गर्न र पीडितहरूलाई सहयोग गर्न प्राविधिक स्रोतको अभाव भएकामा उक्त सहयोगले राहत मिलेको बताइन् । कलहरू र गुनासोहरू मैन्युअल रूपमा नोटहरूमा रेकर्ड गरेर केसहरू पछ्याउन थप कम्प्युटरको सहयोगले कल र ट्रर्याकहरूले नागरिकहरूको गुनासोलाई थप मद्दत गर्ने पनि एसएसपी बज्राचार्यको विश्वास रहेको छ ।
जोन्टा क्लबले सेवा र वकालत मार्फत राष्ट्रिय र स्थानीय तहमा महिला र महिला विरुद्ध हुने हिंसासँग सम्बन्धित अर्थव्यवस्था, शिक्षा, स्वास्थ्य र महिला सम्बन्धी मुद्दाहरुमा सुधार ल्याउने उद्देश्यका साथ महिलाको स्थितिको प्रगतिमा काम गरिरहेको छ । जोन्टा क्लबकी अध्यक्ष सीमा गोल्छाले महिलाका मुद्दाहरू सुल्झाउन मद्दत गर्ने हेतुले कम्प्युटरहरू प्रदान गर्न पाउदा धेरै महिलाहरुलाई समर्थन गरेर उनीहरूलाई सशक्तिकरण गर्ने आशा गरेको बताइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३