११ मंसिर, दाङ – प्रहरीले ६६ लाख रकम हिनामिना गरेको आरोपमा सहकारीका एक व्यवस्थापकलाई दाङबाट पक्रेको छ ।
राप्ती गाउँपालिका–५, सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी संस्थापक व्यवस्थापक रमिता चौधरीलाई प्रहरीले गएराति रकम हिनामिना आरोपमा पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले भालुवाङ बजारबाट उनलाई पक्राउ गरेको हो।
पक्राउ परेकी चौधरीलाई अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनका श्रीमान् सन्तकुमार चौधरी फरार छन् ।
यसअघि उक्त सहकारीकै रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता कारागार चलान भइसकेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३