काठमाडौ – असन इन्भेष्टमेण्ट कम्पनीले युवासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य नै समुदायका युवाहरुको विचार, योजना, सल्लाह सुझाव र प्रतिक्रिया लिनको लागि रहेको आयोजकले जानकारी दिए ।
कम्पनी संचालक चन्द्र बिर सिंह तुलाधरको संयोजकमा भएको उक्त कार्यक्रममा रीना बनियाले असन बजारमा हाम्रा पुर्खाहरूद्वारा कसरी ब्यापार गरिन्थ्यो भन्ने इतिहास तथा वर्तमान समयमा नया पुस्ताहरूद्वारा कसरी ब्यापार गर्न सकिन्छ भन्ने बारेमा उत्प्रेरणा दिइन् ।
कुपण्डोलमा अवस्थित होटल हिमालयमा आयोजित उक्त कार्यक्रममा तुलाधर समुदायका ५५ युवाहरुको सहभागिता रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७