काठमाडौं – जिल्ला अदालत बैतडीले जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृहमा पठाउने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण भट्टलाई पुर्पक्षका लागि बाल सुधारगृहमा राख्न आदेश दिएको हो । मंगलबार भएको थुनछेक बहसपछि अदालतले उनलाई डोटी स्थित बाल सुधारगृहमा पठाउन आदेश दिएको छ . ।
गत माघ २१ गते विद्यालयबाट फर्कने क्रममा भट्टको हत्या गरेको अभियोगमा प्रहरीले फागुन ४ गते दिनेशलाई पक्राउ गरेको थियो। उनले बयानका क्रममा आफूले पुरानो रिसिबीका कारण हत्या गरेको स्वीकार गरेका थिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३