काठमाडौं – नेपाली बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य घटेको छ।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७