काठमाडौं – नेकपा एमालेका कुल १२० सांसदमध्ये माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा ३८ सांसद छन् । यसअघि उनीहरुसँग ४० भन्दा बढी सांसद रहेकामा केहीले गुट परिवर्तन गरिसकेका छन् ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र खनाल पक्षमा निरन्तर क्षय गराइरहेका छन् । तर, नेपाल भने धैर्यताका साथ उभिएका छन् । उनले आफू पक्षीय नेता कार्यकर्तालाई पनि धैर्य गर्न भनेका छन् ।
मधव नेपाल ओलीसँग एमालेभित्रै संघर्ष गर्न तयार रहेको अवस्थाबीच उनको समूहको दोस्रो तहका नेताहरु भने विद्रोहका लागि दबाब दिइरहेका छन् । बरु सांसद पद नै गएपनि ओलीसँग मिलेर बस्न नसकिने पक्षमा उभिएका छन् ।
एमाले नेताहरु भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईलगायतका नेताहरु विद्रोह गरेर अगाडि बढ्ने पक्षमा छन् । उनीहरुले बलियो एकीकृत कम्युनिस्ट पार्टी बनाएर जानुपर्नेमा जोड दिइरहेका छन् । त्यसको गृहकार्य पनि भइरहेको छ ।
ओलीले एमालेभित्र झनै वर्चश्व बढाइरहेका छन् । यसबाट माधव नेपाल झन् कमजोर हुँदै जाने वातावरण बनेको छ । जति ढिलो गर्यो उति क्षति पुग्ने भन्दै विद्रोहका साथ जानुपर्नेमा नेपालनिकट प्रभावशाली नेताहरुको जोडबल रहेको बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३