काठमाडौं – भारतमा कोरोना दोस्रो चरणको महामारी बढ्दो क्रममा छ । विगत २४ घन्टामा मात्रै भारतमा १ लाख ६९ हजार बढी नयाँ भाइरसका संक्रमित थपिएका छन् ।
विश्वका अन्य देशको तुलनामा भारतमा संक्रमण दर उच्च भएको छ । एकैदिन ९ सय ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ७० हजार भन्दा बढिको कोरोनाका कारण मृत्यु भइसकेको छ । भारतमा कोभिड १९ विरुद्धको खोप अभियान पनि जारी छ ।
संक्रमितको संख्या अत्याधिक रुपमा बढिरहदा खोप अभावका कारण अभियान प्रभावित बन्न पुगेको छ । भारत पछि सबैभन्दा बढि संक्रमित अमेरिकामा थपिएका छन् । अमेरिकामा विगत २४ घन्टामा ४७ हजार बढिमा संक्रमण देखिएको छ भने ब्राजिलमा ३७ हजार बढिमा संक्रमण देखिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३