काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। पेट्रोल, डिजेल, मट्टीतेलमा मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको हो।
आयल निगमका अनुसार पेट्रोलमा, डिजेल र मट्टीतेलमा २-२ रूपैयाँ मूल्य घटेको छ।
मंगलबार साँझ बसेको निगमको बैठकले मूल्य घटाएसँगै पेट्रोल अब प्रतिलिटर १ सय १० रूपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेल ९७ रुपैयाँमा बजारमा उपलब्ध हुनेछ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूची पठाएको थियो। आइओसीले निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउने गर्छ।
यसअघि निगमले पेट्रोल र डिजेल र मट्टीतेलमा प्रतिलिटर ३-३ रुपैयाँ मूल्य घटाएको थियो।
निगमले २०७१ भदौ १३ गतेदेखि स्वचालित प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ। मूल्य समायोजन नियमित प्रक्रिया भएको निगमले बताउँदै आएको छ।
नयाँ मूल्य मंगलबार राति १२ बजेबाट लागू हुनेछ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७