काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ ।
जिप्रका काठमाडौँका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमार्फत त्यस्ता कार्यमा यात्रा गर्दा कही कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न हुन जानकारी गराएका छन् ।
साथै उनले अन्य अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएकाले वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेक जिप्रका काठमाडौँबाट सवारी पास जारी नहुने जानकारी गराएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३