एजेन्सी – भारतबाट फर्किए अस्ट्रेलियन नागरिकले ५ वर्ष जेल बस्नुका साथै जरिवाना तिर्नुपर्ने भएको छ । सरकारले भारतबाट अस्ट्रेलियाको यात्रालाई अल्पकालीनरुपमा गैरकानुनी बनाएपछि यस्तो नियम लागू भएको हो । स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड–१९ को संक्रमणपछि क्वारेन्टिनमा रहेका मानिसको अनुपातको आधारमा यस्तो निर्णय लिएको जनाएको छ ।
अस्ट्रेलियाले एक हप्ताअघि भारतबाट आउने सबै उडान रद्द गरिसकेको छ । भारतमा अस्ट्रेलियाका करिब ९ हजार नागरिक रहेको अनुमान गरिएको छ । यसमध्ये ६ सय जना जोखिम समूहमा रहेका छन् ।
अस्ट्रेलियन मिडियाका अनुसार आफ्नो देश फर्किनलाई अवैद्य बनाइएको पहिलो पटक हो । अस्ट्रेलिया फर्कने मितिभन्दा १४ दिनभित्र भारत गएकाहरुलाई सोमबारबाट अस्ट्रेलिया भित्रने प्रतिबन्ध गरिनेछ ।
नयाँ नियम पालना नगर्नेहरुलाई ५ वर्ष जेल सजाय वा ६६ हजार अस्ट्रेलियन डलर जरिवाना वा दुवै सजाय हुन सक्नेछ । यो निर्णयलाई मे १५ मा पुनः मूल्यांकन गरिनेछ ।
स्वास्थ्यमन्त्री ग्रेग हन्टले सरकारले निकै कठिन निर्णय लिएको बताए । उनका अनुसार अस्ट्रेलियाका नागरिकको स्वास्थ्य र क्वारेन्टिन व्यवस्थालाई सुरक्षित राख्न यस्तो निर्णय लिइएको हो । सरकारको यो निर्णयको देशभित्र आलोचना भइरहेको छ ।
बीबीसी
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३