५ वर्षीया बालिकालाई बलात्कार गर्ने ७० वर्षीय पुरुष पक्राउ

जुम्ला – ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ७० वषीय पुरुष पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकासुन्दरी गाउँपालिका–१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बुद्धिमानले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार