उपत्यकामा एकै दिन थपिए ३ हजार ६ सय ६६ जना कोरोना संक्रमित

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप ७ हजार ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ४१८  पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार