काठमाडौँ – ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । बसरा रंगशालामा भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो। खेलको सुरुवातमा नै ईराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बनायो । तर त्यसलाई लामो समय जाेगाउन सकेन । पहिलो हाफको अन्त्यसम्म ४–२ ले अघि रहेको ईराकले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
खेलको सातौं मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै अली अब्दूल जहरले ईराकलाई अग्रता दिलाएका थिए । तर एक मिनेट लगत्तै अब्राहम खलाफले आत्मघाती गोल गर्दा खेल बराबरी भयो । आफ्नो डेब्यु खेलमा मनिष डाँगीले ३० औँ मिनेटमा नेपालका लागि गोल गरे । २-१ ले पछि परेको ईराक ४० मिनेटमा खेलमा फर्कियो। मोहम्मद अब्दुल्लाहले कर्नरमा हेड गोल गर्दै खेल बराबरी गरे । त्यसपछि ४१ मिनेट र पहिलो हाफको थप गरिएको समयमा अयमन हुसेनले लगातार दुई गोल गरे ।
दोस्रो हाफमा अली अलसम्मरी र सज्जदा जसमीले एक एक गोल थपेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७