काठमाडौँ – १२ करोड रुपैयाँको लागतमा विभिन्न सामाजिक र व्यापारिक समूहले फ्रान्सबाट १० वटा अक्सिजन प्लान्ट ल्याउने भएका छन् ।
अमेरिका नेपाल मेडिकल फाउन्डेसन, क्रियसन नेपाल, ह्युम्यानिटी फाउन्डेसन नेपाल, मिसन रिबिल्ट नेपाल, बतास फाउन्डेसन, जगदम्बा स्टिल र स्याकार ट्रेडिङ कम्पनी प्रालिले अक्सिन प्लान्ट नेपाल ल्याउने प्रक्रिया थालनी गरेका हुन् । फ्रान्सबाट ल्याइने अक्सिजन प्लान्ट अस्पतालहरूलाई नि:शुल्क दिइने मिसन रिबिल्ट नेपालका अध्यक्ष डाक्टर मदन उप्रेतीले बताए ।
सातैवटा प्रदेशलाई पुग्ने गरेर अक्सिजन प्लान्ट वितरण गर्ने गरी ४ वटा प्राविधिक टोलीले अक्सिजन प्लान्ट राख्ने भनिएका सम्भावित अस्पतालहरुको प्राविधिक परीक्षण गरिरहेको बतास फाउन्डेसनका आनन्द बतासले जानकारी दिए।
यस सम्बन्धी जानकारी दिन आयोजित एक भर्चुअल कार्यक्रममा सीसीएमसीका सीईओ बालानन्द शर्मा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, स्याकार ट्रेडिङ कम्पनी प्रालिका निर्देशक सौरभ ज्योति, बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास, अमेरिका नेपाल फाउन्डेसनका अध्यक्ष क्रिएसनका अध्यक्ष आनन्द मिश्रा, मिसन रिबिल्ड नेपालका अध्यक्ष डा. मदन उप्रेती, अमेरिका नेपाल फाउन्डेसनका अध्यक्ष डा. भुपेश खड्का आदिले सो कार्यक्रमका वारेमा आवश्यक जानकारी प्रदान गरेका थिए ।
१० मध्ये एउटा अक्सिजन प्लान्ट किन्न काेकाकाेला फाउन्डेसनले सहयाेग गरेकाे छ । फ्रान्सबाट ल्याइने दस अक्सिजन प्लान्टले २४ घन्टामा ५०० बेड र १५० सिलिन्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्ने सामर्थ्य राख्दछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७