काठमाडौं – संवैधानिक इजलासबाट न्यायाधीशहरु दीपक कार्की र आनन्दमोहन भट्टराई बाहिरिएका छन् उनीहरुले आफूहरु इजलासमा नबस्ने निर्णय गरेको जनाएका हुन् । इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठ्दापनि उनीहरुले इजलासमा बस्ने बस्ने निर्णय गरेपछि न्यायाधीशहरु कार्की र भट्टराईले इजलास छोड्ने निर्णय गरेका हुन् ।
मंगलबारको इजलासमा आफूहरूको निर्णय सुनाउँदै न्यायाधीश कार्कीले अरू दुई न्यायाधीशको कार्यक्षमतामाथि आफूहरूको कुनै शंका नरहेको भए पनि प्रश्न उठेपछि इजलासमा सँगै बस्न नसकिने बताएका हुन् । संवैधानिक इजलासबाट न्यायाधीशहरु कार्की र भट्राई बाहिरिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३