नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

नेपालले एसियाली विश्वकप छनोट समूह ‘बी’ मा नेपालले चिनियाँ ताइपेईमाथि बिहीबार प्रभावशाली २–० को जित निकालेको छ ।
यो जितपछि आफ्नो समूहको चौथो स्थानमा नेपालको पकड बलियो भएको छ । त्यस्तै नेपालले समग्र छनोटकै चौथो स्थानका शीर्ष चार टिमका लागि बलियो चुनौती पेस गरेको छ ।
कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा पहिलो गोल गरे ।
खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल थपे । यसका लागि उनले नजिकको दूरीबाट चलाखीपूर्ण उत्कृष्ट गोल गरे र यसका लागि सुमन अर्यालले सटिक क्रस मिलाएका थिए । यो जितपछि नेपालको दुई खेलबाट ६ अंक भएको छ । यसपल्टको विश्वकप छनोटमा नेपालका यो दोस्रो जित हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार