काठमाडौँ – विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार आज राति ९ः४५ बजे सुरु हुनेछ ।
पछिल्लो समयमा आक्रामक फुटबलको चर्चा छ । कुवेती प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले पनि नेपाली टोली सम्हालेको केही महिनामा नै यसले चर्चा पाउन थाल्यो । यसै बीच नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन बलियो टोली भएपनि जितकै लागि खेल्ने बताएका छन् । उनले आइतबारको प्रिक्याच कन्फ्रेन्समा हरेक खेल ०–० बाट सुरु हुने भन्दै जितकै लक्ष्य राखेर मैदान उत्रिने बताएका थिए ।
प्रशिक्षक अल्मुताइरीले टिममा धेरै खेलाडी परिवर्तन पनि गरेका छन् । नेपालको फेरिएको आक्रमक फुटबल हेर्नलायक छ । अलमुताइरीले नेपालको लक्ष्य एसिया कपमा छनोट हुने रहेको बताए । उनले एसिया कपमा छनोट हुनका लागि जोर्डनलाई हराउन आवश्यक रहेको बताए । “हाम्रो लक्ष्य एसियन कपमा छनोट हुनु हो । त्यसका लागि हामीलाई जोर्डनविरुद्ध जित चाहिन्छ । त्यसका लागि हामीले राम्रो तयारी पनि गरेका छौँ,” उनले भने ।
जोर्डनविरुद्ध विगत
विश्वकप छनोटको पहिलो लेगको खेलमा जोर्डनले नेपाललाई ३–० ले हराएको थियो । नेपालले जोर्डनविरुद्ध हालसम्म तीन खेल खेलेको छ । तर, नेपालको नतिजा सुखद छैन । नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ ।
जोर्डनसँग हेड टु हेड
खेल : ३
जोर्डन जित : २
नेपाल जित :०
बराबरी : १
विश्वकप छनोट २०११ जुलाई : नेपाल ९–० ले पराजित
विश्वकप छनोट २०१९ जुलाई : १–१ को बराबरी
गोलकर्ता : भरत खवास
विश्वकप छनोट २०२१ अक्टोबर : नेपाल ३–० ले पराजित
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३