काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले रोकिएका सबै परीक्षा साउनभित्रै सम्पन्न गर्नेगरी तयारी थालेको छ ।
कोरोना महामारीका कारण स्थगित भएका परीक्षा भौतिक उपस्थितिमै गराउने गरी त्रिविले तयारी थालेको हो । चल्दाचल्दै स्थगित भएका परीक्षा पहिला सञ्चालन गरिसकेपछि स्नातक तह प्रथम वर्षको परीक्षा गरीने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
जोशीका अनुसार यसपटक पहिलेको तुलानामा परीक्षा केन्द्रको संख्या भने थप गरिने भएको छ । ‘पहिलाका २ सय ४० परीक्षा केन्द्रहरूमा केही थप गरेर ३ सय हाराहारी पुर्याउँछौँ र भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्छौँ,’ जोशीले भने ।
परीक्षाको तालिका भने असार ७ गतेपछिको निशेधाज्ञाको स्वरुप हेरेर सार्वजनिक गरिने उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३