वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशी किस्ट मेडिकल कलेजमा उपचार सम्पन्न गरी आज आफ्नो गृह प्रवेश हुनुभएको छ । समान्य हिँडडुल गर्न थालेपछि उहाँलाई अस्पतालबाट डिस्चार्ज गरी घरै पठाइएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह जानकारी दिनु भयो।
डा.जोशीलाई श्वासप्रश्वासको समस्या, छातीको सङ्क्रमण, मुटुको चालमा गडबडी र रक्तचापमा कमी देखिएको थियो ।
डिस्चार्ज हुनुभई घर पुग्नु भएका शताब्दि पुरुष डा जोशीको एक हप्तापछि डा.जोशीको स्वास्थ्य अवस्थाको अस्पतालबाट जानकारी लिइने कुरा छातीरोग विशेषज्ञ प्रा.डा. मिलेशजङ्ग सिजापतीका बताउनु भएको छ ।
मुटुमा समस्या आएपछि गत जेठ २६ गते डा.जोशीलाई किस्ट मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको थियो ।
शताब्दि पुरुष जोशी गत वैशाख ३० गते १०२ वर्षमा प्रवेश गर्नु भएको छ भने डा.जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किस्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि आआफ्नो शरीर मरणोपरान्त समर्पण गर्नुभएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३