काठमाडौँ – विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ ।
प्रहरीले उनको शव काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको बताए ।
‘टाउकोमा गह्रुंगो वस्तुले हिर्काएको देखिएको छ,’ उनले भने, ‘अनुहार क्षतविक्षत भएको छ ।’ उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।
प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो । प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेको छ । यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३