युरो २०२० को समूह चरणको खेल सकिएका छन्। समूह चरणका खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमहरूको टुंगो लागेको छ।
समूह चरणको खेल सकिएसँगै प्रतियोगिताको नकआउट चरणमा पुग्ने टोलीको समेत टुंगो लागेको छ ।
अन्तिम १६ मा ६ समूहका विजेता र उपविजेता गरी १२ टिम पुगे। यस्तै ६ समूहमा तेस्रो हुने ४ टिमले पनि अन्तिम १६ मा स्थान पाए। तेस्रो भएका ६ टिम मध्ये उत्कृष्ट ४ टिमले अन्तिम १६ मा स्थान बनाएका हुन्।
यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन्। नकआउट चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ।
अन्तिम १६ का खेलहरू
वेल्स भर्सेस डेनमार्क – असार १२ गते राति ९:४५ बजे – आम्स्टर्डम
इटाली भर्सेस अस्ट्रिया – असार १२ गते राति १२:४५ बजे – लन्डन
नेदरल्यान्ड्स भर्सेस चेक – असार १३ गते राति ९:४५ बजे- बुडापेस्ट
बेल्जियम भर्सेस पोर्चुगल – असार १३ गते राति १२:४५ बजे- सेभिया
क्रोएसिया भर्सेस स्पेन – असार १४ गते राति ९:४५ बजे- कोपनहगेन
फ्रान्स भर्सेस स्विट्जरल्यान्ड – असार १४ गते राति १२:४५ बजे – बुचारेस्ट
इंग्ल्यान्ड भर्सेस जर्मनी – असार १५ गते राति ९:४५ बजे – लन्डन
स्विडेन भर्सेस युक्रेन – असार १५ गते राति १२:४५ बजे- ग्लाजगो
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७