पर्सा – पर्सा प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा पर्साको पटेर्वासुगौली गाउपालिका वडा नम्बर १ बाट एक जनालाई पक्राउ गरेको छ । पीडित महिलाको श्रीमान कामको सिलसिलामा घर बाहिर रहेको मौका छोपि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पटेर्वा सुगौली १ बस्ने २५ वर्षीय सुरेंद्र भन्ने अब्दुल्लाह अंसारीलाई पक्राउ गरेको हो ।
महिलालाई जबरजस्ती करणी गरेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले मंगलबार राती १२ बजे उनलाई पक्राउ गरेको हो । जबरजस्ती करणी मुदामा ५ दिनको म्याद थप गरी अनुसंधान प्रक्रिया अगाड़ी बढ़ाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३