अतिरिक्त समयको अन्त्यतिर आर्टेम डोभबीकले गरेको गोलको मद्दतमा युक्रेन युरो २०२० को क्वाटर्रफाइनलमा प्रवेश गरेको छ।बुधबार विहान सकिएको खेलमा युक्रेनले स्विडेनलाई २-१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
युक्रेनले खेलको २७ मिनेटमा जिनचेन्कोको गोलबाट अग्रता लिएको थियो। खेलको ४३ मिनेटमा फोर्सवर्गले स्विडेनका लागि बराबरी गोल फर्काए।
रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २-१ को महत्वपूर्ण जित दिलाए । उनले जिन्चेन्कोको पासमा गोल गरे । जितसँगै युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोलि बनेको छ । यस खेलसँगै युरोकपको क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ । स्विडेन भने बाहिरिएको छ ।
अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्ड जर्मनीलाई २-० ले हराएर यस अघि नै अन्तिम आठमा पुगिसकेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७