पराग्वेलाई सडन डेथमा हराउँदै पेरूले कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा पेरूका जियानलुका लापडुला, भिक्टोर योटुन र रेनाटो टापियाले गोल गर्दा स्याटियागो ओर्मिनो र क्रिस्टियन क्युभा भने चुकेका थिए।
पराग्वेका लागि एन्जल रोमोरो, जुनियर अलोन्सो र रोबर्ट पेरिसले गोल गर्दा ब्रयान सामुडियो र हेक्टर मार्टिनेजले भने गोल गर्न सकेनन् ।पेनाल्टी सुट आउट पनि समान ३-३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो ।
सडन डेथमा पेरूका मिगुइल ट्राउकाले गोल गर्दा पराग्वेका एल्बर्टो स्पिनोलाले गोल गर्न नसक्दा टोली क्वार्टरफाइनलबाटै घर फर्कनुपर्यो। यसअघि ओलिम्पिको फुटबल मैदानमा शनिबार बिहान भएको खेलको ११ औँ मिनेटमा गुस्ताभो गोमेजले गोल गर्दै पराग्वेलाई सुरूवाती अग्रता दिलाएका थिए। २१ औँ मिनेटमा गोमेजले नै आत्मघाती गोल उपहार दिँदा खेल १-१ गोलको बराबरी आयो।
त्यसपछि ४० औं मिनेटमा जियानलुका लापडुलाले गोल गर्दै पेरूलाई २–१ को अग्रता दिलाए। पहिलो हाफको थप गरिएको समयमा पाराग्वे १० खेलाडीमा सीमित भयो । उसका गुस्ताभ गोमेज दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाड्न बाध्य बने । पेरूले अब सेमिफाइनलमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३