चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बाकु ओलम्पिक स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलवर्गले एक एक गोल गरे ।चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए ।खेलको पाँचौं मिनेटमा थोमसले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । लार्सेनको कर्नरमा अनमार्क रहेका उनले हेडरमार्फत उत्कृष्ट गोल गरे । खेलको ४२ औं मिनेटमा युवा स्ट्राइकर डोलवर्गले गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए । उनले जोकिम माहेलको पासमा गोल गरेका हुन् ।
दोस्रो हाफमा चेक रिपब्लिकले एक गोल फर्कायो । ४९ औं मिनेटमा प्याट्रिकले काउफलको पासमा गोल गर्दै चेकलाई २-१ को स्थितिमा ल्याए । तर, उनको गोलले चेकको हार भने टार्न सकेन । डेनमार्कविरुद्धको गोलसँगै प्याट्रिकले जारी युरोमा ५ गोल पूरा गरेका छन् । यससँगै प्याट्रिकले गोल्डेन बुटको दाबेदारमा क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले पनि ५ गोल गरेका छन् ।
अब डेनमार्कले सेमिफाइनलमा युक्रेन र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३