सानदार जितसँगै इंग्ल्यान्ड युरोकपको सेमिफाइनलमा

युक्रेनलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डलाई सानदार जित जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे । यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे ।

चौंथो मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए ।खेलको ५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको अग्रता तेब्बर बनाए । उनले शकै पासमा हेडमार्फत गोल गरे ।त्यसपछि खेलको ६३ औं मिनेटमा परिवर्तित खेलाडी हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४-० को जित दिलाए ।

यससँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो ।
अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । यस अघि राउण्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम आठको यात्रा पक्का गरेको हो । युक्रेनले भने स्विडेनलाई २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार