वरिष्ठ सितारवादक तारावीरसिंहलाई पत्नीशोक

काठमाडौँ – वरिष्ठ सितारवादक तारावीर सिंह तुलाधरलाई पत्नी शोक परेको छ । उनकी पत्नी संघहेरा तुलाधरको सोमबार विहान निधन भएको हो ।

दिवंगत तुलाधरको दाहसंस्कार शोभाभगवती संगैको कर्णदीपमा सोहि दिन बज्रयानी पुजाविधि अनुसार सम्पन्न गरिएको छ ।

दिवंगत तुलाधर अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाएका सितारवादक सतेन्द्रवीर सिंह तुलाधर, सितारवादकहरु अमृतहेरा, पदमहेरा स्थापितका ममतामयी आमा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार