गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सकी प्रवक्ता साबित्री पौडेल (साबु) ले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकि छन् ।एक विज्ञप्ती जारी गर्दै प्रवक्ता पौडेलले परिषद् नेडरल्यान्ड्सको आउँदो १८ जुलाईमा हुन गइरहेको नवौं राष्ट्रिय महाधिवेशनमा महासचिव पदमा आफुले उम्मेदवारी दिएको घोषणा गरेकि हुन् ।
विज्ञप्तीमार्फत पौडेलले नेपाली समुदायको हकहितमा काम गर्नका लागि आफुले महासचिव पदमा उम्मेदवारी दिएको बताएकि छन् ।हाल संस्थाको प्रवक्ता रहेकी पौडेलले यस अघि संस्थाको महिला सदस्य, महिला फोरमको संस्थापक अध्यक्ष, महिला संयोजकको रुपमा चार कार्यकालको अनुभव बटुलिसकेकी छन् ।
ती पदमा रहनुका साथै विभिन्न अभियानहरूमा जोडिएर आफ्नो समुदायको सामाजिक उत्थान एवं महिला सशक्तिकरणको पक्षमा सदैव अग्रसर हुँदै आएको दावी पौडेलले गरेकी छन् ।
‘यसैको निरन्तरता र आजसम्मका सिकाईहरूबाट अझ जोश जाँगर र संकल्प सहित परिषद नेदरल्याण्ड्सको महासचिवको रूपमा आउँदो कार्यकाल सम्हाल्दै समस्त नेपाली समुदायको हकहितका लागी जहाँ भएपनि एक ढिक्का भएर हातेमालो गर्दै अघि बढ्ने अभिलाषा नै मेरो उम्मेदवारीको एकमात्र कारण रहेको छ’ पौडेलको भनाई हो ।प्रतिद्वन्द्वी उम्मेदवारका रूपमा नारीकै उम्मेदवारीले आफुलाई प्रतिस्पर्धा भन्दा नेतृत्वमा नारी सहभागिता हुनुपर्छ भन्ने आफ्नो विचार रहेको उनले बताएकि छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३