काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १८ जनाको मृत्यु भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ६९, ललितपुरमा ६२ र काठमाडौंमा २९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३