आज २९ सय ३६ जनामा संक्रमण पुष्टि

काठमाडौं – आज नेपालमा कोरोना भाइरसका २ हजार ९ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ६४ हजार ५ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख २८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएको छ । मन्त्रालयको अनुसार आज १४ हजार १८२ जनाका गरीएको परीक्षणमा २ हजार ६ जना पिसीआर विधिबाट र ९३० जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार