काठमाडाैं – नेपालमा सोमबार पनि मनसुनी वायुको प्रभाव रहेको छ। जसकारण बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।
पछिल्लो तीन/चार दिनको झरीपछि मौसममा केही सुधार भए पनि पानी भने पर्ने देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि छ । तर, शनिबारको जस्तो अतिभारी वर्षाको सम्भावना भने नरहेको महाशाखाले जानकारी दिएको छ ।
मंगलबार मौसममा थप सुधार आउने छ । मंगलबार सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३