सिन्धुपाल्चोक – दुई महिनायता तातोपानी भन्सार नाका अनियमित बनेको छ । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गकोे लार्चा-कोदारी बजार क्षेत्रको सडक भासिँदा असारबाट नाका ठप्पजस्तै बनेको हो ।
सडकअवरुद्ध भएपछि न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएका सामान लिपिङबाट तुइन र बोकेर ल्यानु परेको छ । तातोपानी भन्सारबाट असार महिनादेखि दैनिक दुईवटा कन्टेनर मात्रै भित्रिने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढकालले बताए ।
दसैं तिहार नजिकिदै जाँदा पनि नाका पूर्ण रुपमा सूचारु भएको छैन, जसकारण गत वर्षझै अभाव सृजना हुनसक्ने भन्दै व्यावसायीहरू त्रसित छन् ।
भन्सार कार्यालयमा असार र साउनमा क्रमशः ११ करोड ३९ लाख र सात करोड २१ लाख रुपैयाँ राजस्व संकनलन भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३