ताप्लेजुङ – गत माघमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरू बल्ल खोपको दोस्रो डोज पाउने भएका छन् । ताप्लेजुङमा कोभिशिल्डको पहिलो डोज लगाएका १२ हजार ३२ जनालाई १६ भदौबाट दोस्रोे डोज दिइने भएको हो ।
जिल्ला खोप अनुगमन तथा ब्यवस्थापन समितिको बैठकले फुङलिङ नगरपालिका तथा पाथीभरा याङवरक, आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकामा भदौ १६, १७ र १८ गते दोस्रो डोज लगाउने निर्णय गरेको छ ।
यसैगरी, फक्ताङलुङ, सिदिङवा, सिरिजंगा, मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा १८, १९ र २० गते खोप लगाइने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।
कोभिशिल्डको अभियान सकिएपछि भेरासेल लगाइने छ । भेरोसेलको पहिलो डोज लगाएकाहरूले पनि भदौमै खोप पाउने भएका हुन् ।
फुङलिङ नगरपालिका तथा पाथीभरा याङवरक, आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकामा भदौ १९ र २० मा भेरोसेलको दोस्रो डोज लगाइने भएको हो । फक्ताङलुङ, सिदिङवा, सिरिजंगा, मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा भदौ २१ र २२ खोप लगाइने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३