काठमाडौं । विकास र समृद्धिको नारा लगाइरहेको ओली सरकार देशको ढिकुटी कसरी भर्ने भन्ने चिन्तामा छ । सरकार आउँदो मार्चमा काठमाडौंमा लगानी सम्मेलन गर्ने तयारीमा जुटेको छ ।
लगानी सम्मेलनको तयारीका लागि केही मन्त्री विदेश दौडाहामा निस्किएका छन् । विदेशबाट केही मन्त्रीहरुलाई काठमाडौंमै बोलाएर सरकारले लगानीका लागि आग्रह गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडा लगानी जुटाउने वातावरण बनाउन बुधबार बेलायत पुगेका छन् । शनिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको स्वीटजरल्याण्ड यात्रा तय भएको छ । यता, बेलायत र अष्ट्रियाका मन्त्रीहरु एकैसाथ काठमाडौं आएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३