काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर, एमफिल तथा पीएचडी तहमा थेसिस चोरी गर्ने प्रचलन रहेको छ । यसलाई रोक्न त्रिविले बिभिन्न प्रयास गरेपनि रोक्न सकिरहेको थिएन । तर, अब भने त्रिविले थेसिसमा हुने चोरी पत्ता लगाउन सफ्टवेयर सञ्चालनमा ल्याएको छ ।
बिभिन्न पसलहरुमा थेसिस खुलमखुल्ला किन्न पाइने क्रम बढेपछि यसले शैक्षिक गुणस्तर घट्ने भन्दै त्रिविले यस्तो सफ्टवेयर ल्याएको हो ।
विद्यार्थीहरूले किनेर थेसिस बुझाउने तथा इन्टरनेटबाट तानेर थेसिस बनाउने गतिविधिलाई नियन्त्रण गर्न त्रिविले ‘एन्टी प्लेजरिजम चेकिङ सफ्टवेयर’ सञ्चालनमा ल्याएको बताएको छ ।
यस सफ्टवेयरको मद्दतबाट विद्यार्थीले थेसिस चोरेको भए पत्ता लगाउन सकिने छ । पहिलो चरणमा यो सफ्टवेयर एमफिल र पीएचडी तहमा लागू गरिएको छ भने विस्तारै मानविकी, चिकित्सा, व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहमा पनि लागू हुने त्रिविले जनाएको छ ।
सफ्टवेयर ल्याएपछि कति प्रतिशत प्लेजरिजम मान्य हुने भन्ने विषयमा नीति नै बनाउने त्रिविको योजना रहेको छ । विश्वका विभिन्न मुलुकमा १० देखि १५ प्रतिशत सम्म प्लेजरिजमलाई मान्यता दिने प्रचलन रहेको छ । यस सफ्टवेयरले बौद्धिक सम्पत्ति चोरी हट्नुका साथै शैक्षिक गुणस्तर पनि बढ्ने विश्वास गरीएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३