काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर एक हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३३४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ७७३ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ३५७ र चार हजार ५६१ जनाको एन्टीजेन परीक्षण गर्दा ३९९ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर दुई हजार २७४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २३ एक जना संक्रमितको मृत्यु भएको छ।
देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३० हजार ६६२ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा दुई हजार ३४४ संक्रमित छन् भने ५४० जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर २७४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३