खोटाङ – करेन्ट लागेर खोटाङमा खानेपानी आयोजनाका ट्याक्टर चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेस्थित आयोजनाको क्रसर उद्योगका लागि पानी खसाउने क्रममा बिहीबार साँझ करेन्ट लाग्दा हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका १९ वर्षीय पुष्प परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
डालामा पानी बोक्ने ट्यांक जोडिएको ट्याक्टरमा पानी बोकेर क्रसरमा पुर्याएपछि पानी खसाल्न ट्यांकीमा चढेर पाइप जोडेर उभिँदा सिधा माथि झुण्डिएको विद्युतको तार छुन पुग्दा चालक परियारलाई करेन्ट लागेको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए ।
करेन्ट लागेर गम्भीर बनेका परियारलाई उपचारका लागि स्वास्थ्यचौकी दुर्छिममा पुर्याए लगत्तै मृत्यु भएको बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७